नेपाल प्रिमियर लिग–२ : कर्णाली याक्सका प्रियांक पन्चालको अर्धशतक, सिजनका दोस्रो हाफ–सेन्चुरियन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

४ मंसिर ,काठमाडौं — कर्णाली याक्सका ओपनर प्रियांक किरित पन्चाल नेपाल प्रिमियर लिग (NPL)–२ मा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध खेलिरहेको आफ्नो पहिलो मैचमै पन्चालले उत्कृष्ट प्रदर्शन गर्दै २८ बलमा अर्धशतक पूरा गरे। उनले आफ्नो इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरे।

मंगलबारको खेलमा चितवन राइनोजले टस जितेर बलिङ रोजेपछि कर्णाली याक्सले ब्याटिङ थालेको हो।

यसअघि, लिगको उद्घाटन खेलमा काठमाडौ‌ँ गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सका आशिफ शेखले ३७ बलमा ५ चौका र १ छक्कासहित पहिलो अर्धशतक बनाएका थिए।

नेपाल क्रिकेट संघद्वारा आयोजित NPL–२ सोमबारदेखि औपचारिक रूपमा सुरु भएको हो।

Leave a Comment