काठमाडौं – ६ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकारका विभिन्न मन्त्रालयका जिम्मेवारी सम्हाल्न नयाँ मन्त्रीहरूको नाम सिफारिस गरेकी छिन्।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई दुई मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको नेतृत्व दिन लागिएको हो।
त्यसैगरी स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको नाम सिफारिस गरिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. मिश्रालाई स्वास्थ्य मन्त्रीका रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।
यस्तै, सञ्चार मन्त्रालयको नेतृत्वका लागि जगदीश खरेललाई सिफारिस गरिएको छ। प्रधानमन्त्री कार्कीले आइतबारै राष्ट्रपति समक्ष खरेलको नाम पेस गरेकी थिइन्।
प्रधानमन्त्री कार्यालयले सिफारिस भएका मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेको र राष्ट्रपति कार्यालयबाट औपचारिक नियुक्ति प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ।



Leave a Reply