२२ असोज, रौतहट : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशलाई बचाउनका लागि तेस्रो जनआन्दोलनको आवश्यक्ता भएको बताएका छन् ।
उनले दलीय सिण्डिकेट तोड्दै सबै बर्ग एकजुट भएर तेस्रो जनआन्दोलनमा होमिन आह्वान समेत गरेका छन् ।
दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको महमदपुरमा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले देशलाई जोगाउनका लागि दलतन्त्रको बिरुद्धमा तेस्रो जनआन्दोलनको बिकल्प नभएको बताए ।
युवा, विद्यार्थी, मजदुर, किसानका साथै सवै बर्गहरु अहिलेको भ्रष्ट, लुटकारी व्यवस्थाको बिरुद्धमा आवाज उठाउदै आएको बताउँदै उनले अब एकजुट भएर आन्दोलनमा होमिनुपर्ने आवश्यक रहेको बताए ।
आजपाका स्थानीय नेता राजेन्द्र महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष एवं पुर्वसांसद समिना हुसेन, महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, महिला मोर्चाको अध्यक्ष बबिता साहका साथै आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

