ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

१५ असोज, काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिन्धुली घर भई हाल काठमाडौंको बबरमहल बस्दै आएका ३६ वर्षीय नेवाङ्ग तामाङलाई पक्राउ गरिएको हो।

प्रहरीले जनाएको अनुसार सडक सुरक्षामा खटिएका प्रहरीलाई तामाङले कर्तव्य पालनाक्रममै अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए। उनलाई बुध्दनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीमाथि सार्वजनिक अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ।

Leave a Comment