बिश्वास डेस्क, कलैया – असोज १७
दशैंको टीका लगाउन घरबाहिर गएका स्थानीयको घरमा पछिल्ला दिनमा चोरीका घटना तीव्र बनेका छन्। कलैया नगरपालिकाको विभिन्न टोलमा घर फोड्ने र धनमाल चोरी हुने घटनाले स्थानीयवासी आतंकित भएका छन्।
बिहीबार साँझ मात्रै राष्ट्रिय अनुसन्धान विभागका पूर्व डिएसपी थापाको घरमा चोरी भएको पुष्टि भएको छ। घरमा कोही नभएको मौका छोपेर अज्ञात समूहले ताला फोडी नगद, सुनचाँदीका गहना र अन्य सामग्री चोरी गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
यसबाहेक, थापाको छिमेकी सृजना खड्काको घरमा पनि हिजो करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको पीडित परिवारले बताएका छन्। लगातार दुई घरमा भएको चोरीपछि स्थानीय थप आक्रोशित भएका छन्।
स्थानीयवासीले प्रहरी प्रशासनलाई कडा प्रश्न उठाउँदै भनेका छन्–
“कलैयामा धमाधम चोरी भइरहेका छन्, प्रहरी भने असुली र चन्दा उठाउनमै व्यस्त छन्। दशैंमा जनता



Leave a Reply