यूएईमाथि नेपालको रोमाञ्चक जित, दीपेन्द्र ऐरीको शानदार प्रदर्शन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असोज २५ — ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एशिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले रोमाञ्चक जीत हात पारेको छ। नेपालले यूएईलाई १ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

१४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको यूएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमै सीमित रह्यो। नेपालका तर्फबाट दीपेन्द्रसिंह ऐरी उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिनुका साथै आकर्षक फिल्डिङमार्फत महत्वपूर्ण रन रोक्न सफल भए।

यूएईका लागि अलिशान सराफुले अर्धशतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो। नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ५१ रनको योगदान दिए भने कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन, कुशल मल्लले १० रन र गुल्सन झाले १४ रन जोडे। अन्त्यमा सन्दीप जोरा र सोमपाल कामी क्रमशः ४ र ६ रनमा अविजित रहे।

बलिङतर्फ यूएईका जुनैद सिद्दिकी, मोहम्मद रोहिद, जहिद अली, हर्षित कौशिक, हैदर अली र ध्रुव पराशरले एक–एक विकेट हात पारे।

यो जितसँगै नेपालले सुपर सिक्समा थप ४ अंक जोडेको छ र विश्वकपको मार्गमा एक कदम अघि बढेको छ।

Leave a comment