मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

जनकपुरधाम, २९ असोज २०८२ — मधेश प्रदेशमा सत्ता परिवर्तनसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनललाई प्रदेश सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिएकी हुन्। उनले मधेश प्रदेशको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्ति पाएका हुन्।

सोनलले जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको समर्थनमा सरकार गठनको दाबी पेश गरेका थिए। यो गठबन्धनसँग प्रदेशसभामा बहुमत पुग्ने संख्या रहेको छ।

यसअघि मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का सरोज यादव नेतृत्वको सरकार सञ्चालनमा थियो। तर, पछिल्लो राजनीतिक परिवर्तनपछि जसपा–लोसपा लगायत दलबीच नयाँ सत्ता समीकरण बनेको हो।

मुख्यमन्त्री नियुक्त भएपछि सोनलले भने,

“मधेशको विकास, सुशासन र समावेशी नीति कार्यान्वयनमा मेरो ध्यान केन्द्रित हुनेछ। सबै दलबीच सहकार्यका साथ प्रदेशलाई स्थिरता र प्रगतितर्फ लैजाने प्रतिवद्धता गर्दछु।”

अब सोनलले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ।

Leave a comment