ओमान, असोज ३१ ।
आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत शीर्ष ६ चरणको अन्तिम खेलमा नेपालले सामोआअगाडि २१२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनायो। नेपालको तर्फबाट ओपनर आसिफ शेखले ६९ रन र दीपेन्द्र सिंह ऐरीले ५३ रनको योगदान दिए। कुशल भुर्तेलले १७ रन बनाए भने आरिफ शेख ९ रनमा आउट भए। कप्तान रोहित पौडेल र लोकेश बम क्रमशः २१ र ३९ रनमा नटआउट रहे।
सामोआका डानियल बर्गिस, सौमानी टियाई, डेरियस भिसर र नोआ मीडले समान १–१ विकेट लिएका छन्। बाँकी बलरहरू भने विकेट विहीन रहे।
नेपालले दुई वाइड र एक लेगबाईसहित सामोआलाई २१२ रनको लक्ष्य दिएको हो। अब केही बेरमा सामोआ ब्याटिङमा उत्रिँदै लक्ष्य पछ्याउनेछ।



Leave a Reply