स्वदेश आइपुग्यो इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ३ कात्तिक — इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार नेपाल आइपुगेको छ। विपिनको शव केहीबेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइयो।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू तथा उनका परिवारका सदस्यहरू विमानस्थल पुगेका थिए।

सरकारी स्रोतका अनुसार उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिका स्थित घरमा लगिने र त्यहीँ अन्त्येष्टि गरिने तयारी गरिएको छ।

कञ्चनपुरका विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए। लामो समयसम्म उनको अवस्थाबारे केही जानकारी नआएपछि इजरायली अधिकारीहरूले गत असोज २७ गते उनको मृत्यु पुष्टि गरेका थिए।

इजरायल–हमासबीच युद्धविराम र बन्दी साटासाटको क्रममा हमासले इजरायली सेनालाई विपिनको शव हस्तान्तरण गरेको थियो। त्यसपछि गरिएको डीएनए परीक्षण र फरेन्सिक जाँचमा शव विपिनकै भएको पुष्टि भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले जनाएका छन्।

शव नेपाल पठाउनु अघि तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरिएन विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो। सो क्रममा विपिनको शव राखिएको कफिनमा नेपाली राष्ट्रिय झण्डा ओढाइएको थियो।

नेपाल फर्किएका विपिन जोशीको निधनप्रति देशभर शोक व्यक्त भइरहेको छ।

Leave a comment