कलैया ,कार्तिक ६
नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज देशभर हर्ष, उल्लास र आत्मीयताका साथ भाइटीका मनाइँदैछ।
आजको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्छन्। दाजुभाइहरूले पनि आफ्नी दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा र उपहार प्रदान गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार, यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा परेको छ। उनले भने, “दिनभर टीका लगाउन कुनै बाधा छैन, तर राज्य सञ्चालन गर्नेले साइतमै लगाउनू शुभ हुन्छ।”
यस वर्ष तिथि वृद्धि (तिथि बढ्ने) का कारण भाइटीका तिहारको छैटौं दिनमा परेको समितिले जनाएको छ।
शास्त्रीय मान्यताअनुसार, दिदीबहिनीले दाजुभाइलाई पूजा गर्दा घरमा ऐश्वर्य, सौभाग्य र समृद्धि बढ्ने विश्वास रहँदै आएको छ।



Leave a Reply