२४ घण्टाभित्र प्रत्यक्ष मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन २० – प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय तथा सुरक्षा तयारी पूरा भएको जनाउँदै ले मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको परिणाम सार्वजनिक गर्ने जनाएको छ।

आयोगका पदाधिकारीहरूले बुधबार आयोजित पत्रकार सम्मेलनमा देशभरका मतदान केन्द्रमा मतपत्र, मतपेटिका र आवश्यक सामग्री पुगिसकेको जानकारी दिएका छन्। मतदान केन्द्र निर्माण, कर्मचारी परिचालन, अपाङ्गमैत्री तथा लैङ्गिकमैत्री व्यवस्था समेत मिलाइएको आयोगको भनाइ छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन लोकतन्त्रको नियमित संवैधानिक अभ्यास भएको उल्लेख गर्दै स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए। हालसम्म उम्मेदवार अयोग्यतासम्बन्धी नयाँ उजुरी नपरेको पनि उनले स्पष्ट पारे।

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट मतपेटिका को हेलिकप्टरमार्फत संकलन गरिनेछ भने अन्य स्थानबाट सवारी साधन प्रयोग गरिनेछ। मतपेटिकाको सुरक्षा एकीकृत सुरक्षा योजनाअनुसार हुने जनाइएको छ।

प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि निर्वाचन हुँदैछ। यसपटक एक करोड ८९ लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुनेछन्।

Leave a Comment