६ कार्तिक ,कलैया
पत्रकार धिरेन्द्र तिवारीले बाराको महागढीमाई नगरपालिका–२ इनार्वा टोलमा छठ पर्व मनाउने ५८ जना व्रतालु महिलाहरूलाई साडी वितरण गरेका छन्।
बिहीबार (आज) सम्पन्न कार्यक्रममा उनले गरिब, विपन्न, दलित तथा एकल महिलालाई लक्षित गरी साडी वितरण गरेका हुन्।
तिवारीले आफ्नो व्यक्तिगत खर्चमा वितरण गरेको जनाउँदै, “छठ जस्तो महान् पर्वमा सानो सहयोगले पनि खुशी बाँडिन्छ,” भन्दै आगामी दिनमा अझ थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
तिवारी उज्यालो न्यूज डटकम र बारा संचार साप्ताहिकका संचालक हुन्। साथै उनी प्रेस चौतारी नेपाल बारा शाखाका सहसचिव तथा नेपाल पत्रकार महासंघ बारा जिल्ला कार्यसमिति सदस्य समेत हुन्।
कार्यक्रमको अध्यक्षता स्वयं पत्रकार तिवारीले गरेका थिए भने महागढीमाई नगरपालिका–२ का वडा अध्यक्ष विश्वनाथ कुशवाहा, स्थानीय बासिन्दा, प्रहरी प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा साडी वितरण कार्यक्रम सम्पन्न भएको हो।
छठ पर्वका अवसरमा गरिएका यस्ता सहयोगात्मक कार्यले स्थानीय समुदायमा सामाजिक एकता र सहभावना सुदृढ हुने सहभागीहरूले बताएका छन्।



Leave a Reply