आज वसन्त पञ्चमी,बारामा पनि हर्षोल्लाशका साथ मनाइदैं सरस्वती पूजा

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 246
पढ्न लाग्ने समय : 1 मिनेट

बारा,२फाल्गुन : बारा सहित देशैभरि आज सरस्वती पूजा निक्कै हर्षोल्लाशका साथ मनाइदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘वसन्त पञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वती माताको निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ ।

बाराको कलैया, वीरगन्ज सहित देशैभरिका शिक्षणसंस्था , गाउँ,शहरका टोलहरुमा आकर्षक टेण्टपण्डालमा सरस्वती माताको मूर्ती राखेर सरस्वती पूजा मनाइदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकीड विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।आजका दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ

  • An error has occurred, which probably means the feed is down. Try again later.