५ असार, बारा: बाराको महागढीमाई नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि ७७ करोड ५४ लाख ९८ हजार ५ सय रुपैयाको बजेट प्रस्तुत गरेको छ ।
महागढीमाई नगरपालिकाको सभाहलमा बुधबार आयोजित आठौ नगरसभामा निती तथा कार्यक्रम ,बजेट प्रस्त्त गरिएको हो ।
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले उक्त बजेट प्रस्तुत गरेका हुन ।
बजेटमा संघिय सरकार बाट प्राप्त हुने समानिकरण अनुदान रु १४ करोड ६२ लाख , शर्सत अनुदान चालु रु २७ करोड ८८ लाख ९९ हजार ५ सय , शर्सत अनुदान पुँजिगत रु ११ करोड ५७ लाख २८ हजार ,बिशेष अनुदान रु २ करोड, सम्पुरक अनुदान रु १ करोड ५० लाख,राजस्व बाँडफाँड रु १२ करोड ३ लाख समावेश गरिएको छ ।
यसैगरी प्रदेश सरकार बाट प्राप्त हुने समानीकरण अनुदान रु १ करोड ८ लाख ७१ ह्जार , प्रदेश सर्शत अनुदान रु ९५ लाख , बिशेष अनुदान रु ३० लाख ,सम्पुरक अनुदान रु २० लाख , राजस्व वाँडफाँड बाट रु ४० लाख र नगरपालिकाको आन्तरिक श्रोत रु ५ करोड समावेश गरिएको छ ।
Leave a Reply