बाराका सिडिओ पौडेलको ६० दिनमै सरुवा, धरेन्द्र मिश्र आउँदै

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

९ कार्तिक ,कलैया । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रकाश पौडेलको ६० दिनमै सरुवा गरिएको छ।

भदौ ११ गते बारा आएका पौडेललाई गृह मन्त्रालयले मन्त्रालय अन्तर्गतको कामकाजका लागि खटाएको हो। भदौ २३ र २४ गते बारामा भएको प्रदर्शनका क्रममा घटेका भौतिक तथा मानवीय क्षतिको छानबिनका कारण उनको सरुवा गरिएको बताइएको छ।

उनको स्थानमा हाल सुनसरीका प्रमुख जिल्ला अधिकारी रहेका धरेन्द्र कुमार मिश्र बाराका नयाँ सिडिओका रूपमा आउँदै छन्।

त्यस्तै, पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी को पनि सरुवा गरिएको छ। सुवेदीलाई अर्घाखाँची पठाइएको छ भने दोलखाका सिडिओ भोला दाहाल ले अब पर्साको जिम्मेवारी सम्हाल्ने भएका छन्।

गृह मन्त्रालयले एकैपटक ३६ जना सहसचिव को सरुवा गरेको हो, जसअन्तर्गत ३० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू का जिम्मेवारी फेरबदल भएका छन्।

Leave a comment