बुधबार, १२ कात्तिक २०८२
काठमाडौंसरकारले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तय गरेको जानकारी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दिएका हुन्।
मन्त्री खरेलका अनुसार आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि समाप्त हुँदैछ। संवैधानिक प्रावधान अनुसार पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन गर्नुपर्ने भएकाले सरकारले माघ ११ लाई निर्वाचन मिति तोकेको हो।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुने गर्छन्। निर्वाचन आयोगले अब निर्वाचन कार्यक्रम र विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।



Leave a Reply