कात्तिक १३, २०८२ बिहीबार ९:५६, काठमाडौँकाठमाडौँ उपत्यकामा बुधबार राति १ बजेदेखि लगातार वर्षा भइरहेको छ। यो वर्षा मुख्यतया मोन्था चक्रवातको प्रभावका कारण भएको हो।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार, बीचबीचमा केही बेर रोकिएजस्तो देखिए पनि वर्षा निरन्तरजस्तै भइरहेको छ।
उनले भनिन्, “यो हल्का खालको वर्षा हो, तर लगातार भइरहेकोले दिनभर आकाश खुल्ने सम्भावना कम छ।”महर्जनका अनुसार आज र भोलि दुवै दिन काठमाडौँ उपत्यकामा आंशिकदेखि पूर्ण बदली रहिरहने र वर्षा बीच–बीचमा जारी रहने सम्भावना छ।
काठमाडौँमा रातिदेखि लगातार वर्षा, अझ दुई दिनसम्म नरोकिने सम्भावना



Leave a Reply