२१ फागुन, बारा : बारामा प्रहरीले हुन्डीको ठूलो रकम सहित पाँचजनालाई पक्राउ गरेको छ । हुन्डीको रकम सहित तीनजना भारतीय र दुईजना नेपाली नागरिकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी गराउनु भयो । प्रहरीले २१ लाख रकम सहित पाँचजनालाई पक्राउ गरेको हो ।
प्रहरीले भारतको बिहार हरपुरका रंजित सरार्फ, बिहार श्यामपुरका कृष्णलाल प्रसाद र बिहार अरेराका रविशंकर सिंहलाई पक्राउ गरेको हो । प्रहरीले बाराको कलैया उपमहानगरपालिका-७ घर भई कलैया उपमहानगरपालिका-४ मा आसिफ मनि चेन्जरका संचालक कलामुदिन अंसारी र मेराजुल हक अंसारीलाई पक्राउ गरेको हो । खाडी मुलुकबाट रेमिटान्सको रुपमा आउनुपर्ने रकम भारतहुँदै हुन्डी मार्फत नेपाल भित्रीने गरेको कुरा अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी गराउनु भयो ।पक्राउ परेकाहरुमाथी म्याद थपगरि अनुसन्धान अगाडि बढाईएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी गराउनु भयो ।
बारा प्रहरीद्वारा हुन्डीको २१ लाख रकम सहित पाँचजना पक्राउ

Leave a Reply