कलैयामा बहुलाहा कुकुरको आतंक: एक घण्टामा ७२ जना घाइते

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 128;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

४ कार्तिक कलैया,बारा— कलैयामा आज एक घण्टाभित्र ७२ जना मानिसलाई बहुलाहा कुकुरले टोकेको छ। तीमध्ये अधिकांश व्यक्तिहरूलाई ठूला घाउ लागेको जनाइएको छ।

कलैया–११ निवासी निला सापकोटाका अनुसार दरबार चौकबाट दक्षिणतर्फ जाँदै गरेको उक्त कुकुरले बाटोमा हिँड्ने मानिसहरूलाई लखेट्दै टोक्दै गएको थियो।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 39;

स्वास्थ्यकर्मी प्रदीप यादवका अनुसार ७२ जनामध्ये ५२ जनाको उपचार अहिले कलैया अस्पतालमा भइरहेको छ। घाइतेहरूमा प्रवेश चौरसिया, प्रभात चौरसिया, लालबाबु साह, तेजनारायण मण्डल लगायत रहेका छन्।

घाइतेहरूका परिवारका अनुसार घटनाको बेला कुकुर नियन्त्रण गर्न नगरपालिकासँग सम्पर्क गर्दा सहयोग नपाएको आरोप लगाइएको छ।
“हामीले कलैया उपमहानगरपालिका मेयर बिनोद साह र जिल्ला प्रहरी कार्यालय बारा प्रमुख सन्तोष तामाङलाई फोन गर्दा फोन नउठाएपछि कुकुरलाई मार्न सकिएन र धेरै मान्छे घाइते हुन पुगे,” निला सापकोटाले भनिन्।

स्थानीयहरूले समयमा उद्धार टोली पठाएको भए थप मानिसहरू घाइते हुनबाट जोगिन सक्ने बताएका छन्।

अहिले प्रहरीले कुकुरको खोजी र नियन्त्रणका लागि टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख तामाङले बताउनु भयो।

Leave a comment