कलैया उपमहानगरपालिकाले बालमन्दिर स्कुल अगाडिको जग्गामा पार्किङ सुविधा सुरु गर्‍यो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कार्तिक १८ कलैया, बाराः कलैया उपमहानगरपालिकाले बालमन्दिर स्कुल अगाडिको खाली जग्गालाई सदुपयोग गर्दै पार्किङ स्थलको रूपमा विकास गरेको छ। अस्थायी ट्राफिक प्रहरी कार्यालय कलैया, बारासँगको सहकार्यमा तत्काल बाँस र डोरीको प्रयोग गरी उक्त जग्गालाई पार्किङको रूपमा तयार पारिएको छ।

बातावरण तथा विपत व्यवस्थापन शाखाका भुलन साहका अनुसार, यस पहलले जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बारामा आउने सेवाग्राहीहरूको गाडी पार्किङमा सहजता मिल्नेछ। साथै, मुख्य सडकमा हुने अव्यवस्थित पार्किङलाई नियन्त्रणमा राख्न पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

उपमहानगरपालिकाले यस प्रकारका पहलमार्फत शहरको ट्राफिक व्यवस्थापन र सार्वजनिक सुविधाको सुधारमा जोड दिने जनाएको छ।

Leave a comment