लिग २ क्रिकेट : यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, कात्तिक १९
आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा केहीबेरमा सुरु हुने खेलमा यूएईका कप्तान अलिशान सराफुले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

नेपालले यस खेलका लागि टोलीमा एक परिवर्तन गरेको छ — विकेटकिपर ब्याट्सम्यान गुल्शन झाको स्थानमा कुशल मल्ललाई मौका दिइएको छ।

जारी शृंखलामा लगातार तीन खेलमा पराजित भएको नेपाल आजको खेलमा जित निकाल्दै सान्त्वना जित हासिल गर्ने लक्ष्यमा छ।
पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले, दोस्रो खेलमा यूएईसँग ५ विकेटले, र तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।

लिग २ को तालिकामा अमेरिका २४ खेलमा ३६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको छ।
यूएईले हालसम्म ८ अंक जोडेको छ।

नेपालका कप्तान रोहित पौडेलले टसपछि भने —

“हामीले बलिङ र फिल्डिङमा सुधार गर्दै अन्तिम खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएका छौं।”

Leave a comment