सञ्चारमन्त्री खरेलले नयाँ बसपार्कमा सञ्चालनमा आएको ‘फ्रि वाईफाई’ सेवा अवलोकन
काठमाडौँ, कात्तिक १९ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबार गोंगबुस्थित नयाँ बसपार्क पुगेर त्यहाँ सञ्चालनमा ल्याइएको नि:शुल्क इन्टरनेट (फ्रि वाईफाई) सेवाको अवलोकन गरेका छन्।
मन्त्री खरेलले इन्टरनेट सेवाको गुणस्तर र पहुँचबारे जानकारी लिँदै सो सेवा यात्रु र सर्वसाधारणका लागि कति प्रभावकारी हुने भन्ने विषयमा सरोकारवालासँग छलफल गरेका हुन्।
गत असोज ६ गते मन्त्री पदभार ग्रहण गरेलगत्तै खरेलले पाँच महिनाभित्र देशका प्रमुख १० शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका थिए। सो निर्णयअनुसार काठमाडौं बाहेक अन्य प्रमुख शहरका सार्वजनिक स्थानहरूमा समेत चरणबद्ध रूपमा वाईफाई सेवा सुरु गरिने मन्त्रालयले जनाएको छ।
मन्त्री खरेलको सचिवालयका अनुसार यस कार्यक्रमअन्तर्गत देशका विभिन्न सहरका पार्क, बसपार्क, चौक, तथा अन्य सार्वजनिक स्थानमा सहज र नि:शुल्क इन्टरनेट पहुँच सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।



Leave a Reply