एमाले नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा जेल चलान

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, कात्तिक १९ — बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पालाई डिल्लीबजार कारागार चलान गरिएको छ।

बुधबार अदालतको आदेशपछि फैसला कार्यान्वयनका लागि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। अदालतले डिल्लीबजार कारागार चलानका लागि पत्र पठाएपछि शेर्पालाई त्यहाँ लगिएको हो।

शेर्पा मंगलबार काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका थिए। बहुविवाहसम्बन्धी मुद्दामा अदालतले उनलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।

उनको विषयमा एमाले सचिवालय बैठकमा पनि छलफल भएको थियो। सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनका कारण निलम्बन गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर, अध्यक्ष केपी शर्मा ओलीले उक्त विषयलाई सामान्य भन्दै तत्काल कारबाही नगर्ने अडान लिएका थिए।

राजनीतिक यात्राको क्रममा शेर्पा पूर्व नेता अशोक राईसँग छुट्टिएर डा. बाबुराम भट्टराईको नेतृत्वको पार्टीमा पनि सक्रिय भएका थिए, पछि पुनः एमालेमा फर्किएका थिए।

Leave a comment