पोर्चुगलमा कामदार भिसा बन्द, नेपालीलाई ठगीबाट सावधान रहन दूतावासको आग्रह उच्च दक्षबाहेक सबै प्रकारका कामदार भिसा जारी रोकियो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कार्तिक २७,पोर्चुगल ।
पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल र मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूलाई ‘कामदार भिसा’का नाममा भइरहेको ठगीबाट सतर्क रहन आग्रह गरेको छ।

दूतावासले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा पोर्चुगल सरकारले यही कात्तिक ६ गते (२३ अक्टोबर २०२५) देखि लागू हुने गरी उच्च दक्ष (Highly Skilled) बाहेकका सबै प्रकारका कामदार भिसा जारी गर्न रोक लगाएको जानकारी दिएको छ।

भिसा जारी बन्द भइसकेको अवस्थामा पनि केही व्यक्तिहरूले नेपाली नागरिकलाई पोर्चुगल पठाइदिने वहानामा ठगी गर्ने गतिविधि बढेको दूतावासले जनाएको छ। दूतावासले यस्ता गैरकानुनी काममा संलग्न नहुन र कुनै पनि भ्रममा नपर्न सबैलाई चेतावनी दिएको छ।

दूतावासले स्पष्ट पारेको छ कि हालको अवस्थामा उच्च दक्षबाहेक अन्य प्रकारका कामदार भिसा प्रयोग गरी कोही पनि व्यक्ति पोर्चुगल प्रवेश गर्न नपाउने छन्। त्यसैले ‘कामदार भिसा’का नाममा गरिने कुनै पनि प्रस्ताव वा कारोबारमा सहभागी नहुन अनुरोध गरिएको छ।

Leave a comment