मैत्रीपूर्ण खेलमा आज नेपाल र बंगलादेश आमनेसामने

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२७ कात्तिक, काठमाडौं ।
एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

ढाकास्थित नेशनल स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। यसअघि काठमाडौंमा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश गोलरहित बराबरीमा रोकिएका थिए।

नेपालले आजको खेलमा लगातार जितविहिन यात्रालाई पूर्णविराम लगाउने लक्ष्य राखेको छ। मुख्य प्रशिक्षक र कप्तान दुबैको ध्यान टोलीको प्रदर्शन सुधार र आत्मविश्वास बढाउन केन्द्रित रहेको छ।

बंगलादेशसँगको यो दोस्रो मैत्रीपूर्ण खेलपछि नेपाली टोली एसियन कप छनोटका लागि मलेसिया प्रस्थान गर्ने तयारीमा छ। छनोट चरणबाट बाहिरिसकेको भए पनि टोलीले आगामी प्रतियोगिताका लागि बलियो प्रदर्शन गर्ने योजना बनाएको छ।

 

Leave a comment