नेपाल शिक्षक संघ बाराले विभिन्न आठ सुत्रीय मांग सहितको ज्ञापनपत्र आज जिल्ला शिक्षा समन्वय ईकाई कार्यालय बारालाई बुझाएको छ ।
संघका जिल्ला अध्यक्ष राजकिशोर सहनीको नेतृत्वमा गएका शिक्षकहरुको टोलीले ईकाई प्रमुख श्यामकिशोर साहलाई विभिन्न मांग सहितको ज्ञापनपत्र बुझाएको हो । हरेक पालिकामा एसईई परीक्षा केन्द्र स्थापना हुनुपर्ने,एसईईको केन्द्राध्यक्ष सामुदायिक विद्यालयका शिक्षकलाई बनाईनु पर्ने सहितको मांग ज्ञापनपत्रमा उल्लेख गरिएको छ । गलत तरीकाले गरिएको शिक्षकहरुको जिल्लान्तर सरुवा रद्द गर्नु पर्ने सहितको आठ सुत्रीय माग राखेर ज्ञापनपत्र बुझाईएको अध्यक्ष सहनीले जानकारी गराउनु भयो । आफुहरुको मांग पूरा नभए आन्दोलन गर्ने चेतावनी सहनीले दिनु भयो।