काठमाडौं : युक्रेनमाथि उत्कृष्ट जित दर्ता गर्दै फ्रान्सले २०२६ फिफा विश्वकपको टिकट पक्का गरेको छ। समूह ‘डी’ अन्तर्गतको छनोट खेलमा फ्रान्सले एकपक्षीय प्रदर्शन गर्दै युक्रेनलाई ४–० गोलले पराजित गर्यो।
खेलको पहिलो हाफमा युक्रेनका गोलरक्षकका प्रभावशाली बचाउका कारण फ्रान्सले गोलको अवसर प्रयोग गर्न सकेन। तर, दोस्रो हाफमा खेलको गति पूरै फ्रान्सतर्फ फर्कियो।
५५औं मिनेटमा किलियन एमबाप्पेले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाए। त्यसपछि ७६औं मिनेटमा माइकल ओलिसेले सुन्दर फिनिसिङ गर्दै फ्रान्सको बढत दोब्बर बनाए।
८३औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपे भने, ८८औं मिनेटमा भर्खर मैदान प्रवेश गरेका एचिटिकेले चौथो गोल गर्दै फ्रान्सको जित सुनिश्चित गरे।
यस प्रभावशाली नतिजासँगै फ्रान्स सहजै विश्वकपमा छनोट भएको छ।
एमबाप्पे व्यक्तिगत रूपमा पनि नयाँ कीर्तिमानको नजिक पुगेका छन्। ९४ खेलमा ५५ गोल पुर्याएका उनी ओलिभिए जिरुडको ५७ गोलको फ्रेन्च राष्ट्रिय रेकर्ड नजिकिएका छन्।



Leave a Reply