र्विश्वकपमा नेपालको कठिन परीक्षा आज, वानखेडेमा वेस्ट इन्डिजसँग निर्णायक भिडन्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, फागुन ३ — आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपअन्तर्गत समूह ‘सी’ को तेस्रो खेलमा आज दुई पटकको विश्व विजेता सँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको मुम्बईस्थित मा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ।

लगातार दुई हारपछि अंकविहीन रहेको नेपालका लागि सुपर–८ चरणमा पुग्ने सम्भावना जीवित राख्न यो खेल जित्नै पर्ने दबाब छ। यसअघिका खेलमा विरुद्ध उत्कृष्ट प्रतिस्पर्धा गरे पनि ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा सँग १० विकेटले पराजित भएको थियो। उक्त हारले नेपालको ब्याटिङ र बलिङ दुवै पक्षमा कमजोरी देखिएको छ।

टोलीका कप्तान ज्वरो र पेटसम्बन्धी समस्याका कारण अस्वस्थ रहेकाले उनको सहभागिता अनिश्चित छ। यस्तो अवस्थामा टोली व्यवस्थापनलाई अन्तिम निर्णय खेलअघि लिनुपर्नेछ।

यता वेस्ट इन्डिज भने उत्कृष्ट लयमा छ। उसले स्कटल्याण्डलाई ३५ रन र इङ्ल्याण्डलाई ३० रनले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहँदै सुपर–८को सम्भावना बलियो बनाएको छ। उसका आक्रामक ब्याट्सम्यान र उत्कृष्ट फर्ममा छन्।

नेपाल र वेस्ट इन्डिजबीच अन्तर्राष्ट्रिय क्रिकेटमा भेट कमै हुने गरेको छ। गत वर्ष युएईमा भएको तीन खेलको सिरिज नेपालले २–१ ले जितेको थियो। यद्यपि सन् २०२३ मा जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा भने नेपाल वेस्ट इन्डिजसँग पराजित भएको थियो।

समूह ‘सी’ मा दुई खेल जितेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ भने इङ्ल्याण्डको तीन खेलबाट ४ अंक छ। स्कटल्याण्ड र इटालीको समान २–२ अंक हुँदा नेपाल भने अझै अंकविहीन छ। आजको खेलको नतिजाले नेपालको विश्वकप यात्रा समूह चरणमै टुंगिने वा सम्भावना कायमै रहने टुंगो लगाउनेछ।

Leave a Comment