३० कात्तिक, काठमाडौं ।
निर्वाचन आयोगले तोकेको समय अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको प्रमाणपत्र बुझ्ने अवधि आज समाप्त हुँदैछ। कार्यालय समय सम्पन्न भएपछि यो प्रक्रिया बन्द हुने आयोगले जनाएको छ।
आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगले राजनीतिक दल दर्ता र प्रमाणपत्र वितरणको आह्वान गरेको थियो।
उक्त अवधिमा ठूलो संख्यामा नयाँ दलहरूले दर्ता गरी प्रमाणपत्र प्राप्त गरेका छन् भने केही दलहरू अन्तिम चरणमा रहेका छन्। आयोगका अनुसार अहिलेसम्म आधिकारिकता प्राप्त राजनीतिक दलको संख्या १२६ पुगेको छ, भने अन्तिम संख्या आजै टुंगो लाग्नेछ।
यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने इच्छुकका लागि मंसिर १ गतेदेखि १० गतेसम्म निवेदन दर्ता गर्ने समय निर्धारण गरिएको छ।



Leave a Reply