३० फागुन, बारा: वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि अनिवार्य सीप र तालिम लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । बाराको कलैयामा आज दलित जनजाति उत्थान केन्द्रले आयोजना गरेको सुरक्षित वैदेशिक रोजगार सम्बन्धि संचारकर्मीस्ंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले सो धारणा राखेका । कार्यक्रममा आयोजक संस्थाका कार्यक्रम संयोजक सरोज सिंहले वैदेशिक रोजगारमा ठगिएमा आफुहरुसंग सम्पर्क गर्न आग्रह गर्नु भयो । वहाँले बाराको कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, बारागढी गाउँपालिका र सिम्रौनगढमा सुरक्षित वैदेशिक रोजगारकालगी आयोजक संस्थाले काम गरिरहेको जानकारी गराउनु भयो । आयोजक संस्थाले चालू आर्थिक बर्षमा दुई सय ३४ मुद्दामा आयोजक संस्थाले काम गरि सकेको सिंहले जानकारी गराउनु भयो । हरिशंकर रामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष रामबाबु मेहताले जिल्लाको सबै पालिकामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि कार्यक्रम बिस्तार गर्नु पर्ने धारणा राख्नु भयो ।