प्रहरी हिरासतबाट फरार थुनुवा तीन घण्टा नबित्दै पक्राउ

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 18
पढ्न लाग्ने समय : 0 मिनेट

१३ माघ,बारा:बारामा प्रहरी हिरासतबाट फरार थुनुवा केहीबेर अघि पक्राउ परेका छन ।

फरार भएको तीन घण्टा नबित्दै थुनुवा डुमरवानाको मकै बारीबाट पक्राउ परेका हुन ।

प्रहरी नायब उपरीक्षक सुभद्रा वाईवाको नेतृत्वमा खटेको टोलीले हिरासतबाट फरार भएका महेश चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीले माघ ९ गते अभद्र व्यवहार मुद्दामा पक्राउ गरेको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर-२ का १९ वर्षीय महेश चौधरी आज फरार भएका थिए ।