कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित, अब मंसिर ४ गते बस्ने
१मंसिर ,काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सारिएको छ। पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनाअनुसार बैठक अब मंसिर ४ गते दिउँसो २ बजे बस्नेछ।
यसअघि आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक पुनः सारिएको हो। यस्तै, शनिबार निर्धारण गरिएको बैठक पनि परिमार्जन गरी मंसिर १ गते राखिएको थियो।
नयाँ गरेको समयअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापति बैठकमा सहभागी हुनेछन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक झन्डै एक महिनादेखि जारी छ। महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयले पार्टीभित्र तीव्र विवाद सिर्जना गरिरहेकाले बैठक बारम्बार लम्बिँदै आएको छ।
बैठकमा अधिकांश नेताहरूले आफ्नो धारणा राखिसके पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्तिम निर्णय नदिई सभापति शेरबहादुर देउवाको प्रतिक्षा गरिरहेका थिए। हालै सिंगापुरमा उपचार सकाएर देउवा स्वदेश फर्किएका छन्, जसपछि अब चुनापछि महाधिवेशन गर्ने प्रस्तावलाई लिएर छलफल निष्कर्षतर्फ जाने अपेक्षा गरिएको छ।



Leave a Reply