चितवन राइनोजविरुद्ध कर्णाली याक्सको शक्तिशाली सुरुआत

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मंसिर २, २०८२, मंगलबार — सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो खेलमा कर्णाली याक्सले उत्कृष्ट सुरुआत गरेको छ।

चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले सावधानीपूर्वक तर आक्रामक ब्याटिङ प्रदर्शन गरेको हो। खेलको ६ ओभरसम्म कर्णालीले कुनै विकेट नझारिकन ५१ रन जोडिसकेको छ।

ओपनर प्रियाङक पञ्चल ३६ रनमा अविजित छन् भने उनका साथी म्याक्स ओ’डाउड १५ रनका साथ crease मा छन्। पञ्चलले १९ बलमा ४ चौका प्रहार गर्दै शानदार इन्निङ खेलेका छन्।

Leave a comment