बिहार : नयाँ सरकारको शपथ समारोह

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मंसिर ४, काठमाडौँ — बिहारमा आज नयाँ सरकार गठनसँगै शपथ ग्रहण समारोह हुँदैछ। राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट जनता दल युनाइटेड (जेडीयू) अध्यक्ष नितिश कुमार आज फेरि मुख्यमन्त्री बन्दैछन्। यससँगै उनले आफ्नो राजनीतिक करियरमा दसौँपटक मुख्यमन्त्रीको पद सम्हाल्न लागेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह तथा ११ वटा राज्यका मुख्यमन्त्रीहरू सहभागी हुनेछन्। बुधबार नितिश कुमारले बहुमत प्राप्त एनडीए गठबन्धनको तर्फबाट सरकार गठनको दाबी राज्यपालसमक्ष पेस गरेका थिए।

हालै सम्पन्न विधानसभा चुनावमा एनडीए गठबन्धनले दुईतिहाइ बहुमत जुटाएपछि नितिशको नेतृत्वमा फेरि सरकार बन्न लागेको हो।

नितिश कुमारको मुख्यमन्त्री यात्रा : एक नजरमा

नितिश कुमार आधुनिक बिहार राजनीतिका सबैभन्दा स्थायी तथा प्रभावशाली नेतामध्ये एक हुन्। गठबन्धन फेरबदल र राजनीतिक उतारचढावबीच पनि उनको नेतृत्व निरन्तर राज्यको केन्द्रमा रहँदै आएको छ।

पछिल्ला २५ वर्षमा उनका १० शपथ ग्रहण:

२००० — पहिलोपटक मुख्यमन्त्री (केवल ७ दिन)

२००5 — दोस्रो कार्यकाल

२०१० — तेस्रोपटक

फेब्रुअरी २०१५ — चौथो शपथ

नोभेम्बर २०१५ — महागठबन्धनको नेतृत्व गर्दै पाँचौँपटक

२०१७ — महागठबन्धन टुटेपछि पुनः एनडीएमा फर्केर छैटौँपटक

२०२० — सातौँ शपथ

२०२२ — फेरि महागठबन्धनसँग मिलेर आठौँपटक

२०२४ — नवौँपटक एनडीएबाट

२०२५ — आज दसौँपटक मुख्यमन्त्री

Leave a comment