४ मंसिर ,काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सारिएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा आज दिउँसो २ बजे बोलाइएको बैठकलाई परिवर्तन गर्दै अब शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिइएको हो।
गत २८ असोजदेखि निरन्तर चलिरहेको बैठकमा कात्तिक २७ गतेसम्म नेताहरूले आफ्ना धारणा राख्ने क्रम सकिएको थियो। त्यसपछि कात्तिक २९ र मंसिर १ गतेका लागि तय भएका बैठकहरू पनि स्थगित हुँदै आजका लागि सारिएका थिए।
चलिरहेको बैठकले पार्टीको १५ औँ महाधिवेशन तथा प्रतिनिधि सभा निर्वाचन तयारीसँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। बैठकमा विशेष महाधिवेशनको आवश्यकता वा नियमित महाधिवेशन नै गर्ने भन्ने विषयमा लामो समयदेखि छलफल भइरहेको छ। विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनसमेत भइसकेका बेला संस्थापन पक्षका नेताहरू भने आगामी चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।



Leave a Reply