सत्यनिरूपण आयोगमा द्वन्द्वपीडितको धर्ना, पदाधिकारी राजीनामाको माग

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

५ मंसिर, काठमाडौं ।
विस्तृत शान्ति सम्झौताले नयाँ मोड लिएपछि दुई दशक बितिसक्दा पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरूले सोमबार सत्य निरूपण तथा मेलमिलाप आयोगको केन्द्रिय कार्यालय अगाडि धर्ना बसेका छन्।

आयोगमा दलीय भागबण्डाका आधारमा पदाधिकारी नियुक्त भएको भन्दै उनीहरूले यस्तो संरचनाबाट आफूहरूले अपेक्षित न्याय पाउन नसक्ने धारणा राखेका छन्। धर्ना कार्यक्रममा सहभागीहरूले आयोगका पदाधिकारी तत्काल राजीनामा दिनुपर्ने माग राखे।

धर्नास्थलमा राखिएको ब्यानरमा लेखिएको थियो–
“विधि र मापदण्ड उल्लङ्घन गर्दै फेरि पनि नेताको भागबण्डाबाट गठन गरिएको सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग खारेज गर।”

द्वन्द्वपीडितहरूले पदाधिकारीहरूलाई पदको लोभ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गर्दै, नयाँ नेतृत्व छनोटका लागि विश्वसनीय, पारदर्शी र राजनीतिक प्रभावमुक्त प्रक्रिया अवलम्बन गर्न सरकारलाई आह्वान गरेका छन्।

Leave a comment