माइतीघरमा जेन–जी घाइतेहरूको धर्ना, एमाले युवाको मार्चपासअघि सुरक्षा सतर्कता कडा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

५ मंसिर, काठमाडौं । जेन–जी आन्दोलनका घाइतेहरू शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका छन्। उनीहरूले आफ्नो आन्दोलनका मागहरू पूरा नभएको भन्दै निरन्तर संघर्ष जारी रहने बताएका छन्।

यही बीच, जेन–जी आन्दोलनकै दबाबमा सरकारबाट अपदस्थ भएको नेकपा एमाले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारीमा छ। एमालेले माइतीघरबाट नयाँ बानेश्वर हुँदै बबरमहलको कार्की ब्यांक्वेटसम्म मार्चपास गरी आजै एनभीएफ सार्वजनिक गर्ने कार्यक्रम राखेको छ।

एमालेको कार्यक्रमअघि नै जेन–जी घाइतेहरू सडकमा उत्रिएपछि माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

धर्नामा बसेकाहरूले –

“नेपाल आमालाई न्याय खै ?”

“छानबिन आयोग कहाँ गयो ?”

“भ्रष्टाचारीमाथि कारबाही किन भएन ?”

“जेन–जीका माग पूरा भएको खै ?”

जस्ता प्रश्नसहित प्लेकार्ड प्रदर्शन गर्दै न्यायका लागि दबाब सिर्जना गरिरहेका छन्।

Leave a comment