एसीसी यू–१९ प्रिमियर कपमा नेपालका लागि साउदी अरेबियाले २१९ रनको लक्ष्य

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

९ मंसिर, काठमाडौं ।
यूएईमा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियाबाट २१९ रनको लक्ष्य पाएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१८ रन जोड्यो।
उसका लागि मोहम्मद जुबेरले सर्वाधिक ४८ रन, मोहम्मद रेहानले ४१ रन, र ओमेर अहमदले ३९ रनको योगदान दिए।

नेपालका कप्तान अशोक धामी बलिङतर्फ सर्वाधिक प्रभावकारी रहे। उनले ९ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए।
त्यस्तै दयानन्द मण्डल, सुशील रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले १–१ विकेट हात पारे।

नेपालले अब यो लक्ष्य पछ्याउने क्रममा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको सफल सुरुआत गर्ने अपेक्षा गरिएको छ।

Leave a comment