१० मंसिर, काठमाडौँ – नेपाल आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकप क्रिकेटको समूह ‘सी’ मा परेको छ।
समूह ‘सी’ मा दुई पटकका विश्व विजेता वेस्ट इण्डिज, एक पटक विजेता इंग्ल्याण्ड, बंगलादेश र इटली छन्। नेपालले इटली र इंग्ल्याण्डसँग पहिलो पटक खेल्नेछ। वेस्ट इण्डिज र बंगलादेश भने परिचित प्रतिद्वन्द्वी हुन्।
नेपालको खेल तालिका:
नेपाल vs इंग्ल्याण्ड – माघ २५, दिउँसो ३ बजे, मुम्बई
नेपाल vs इटली – माघ २९, दिउँसो ३ बजे, मुम्बई
नेपाल vs वेस्ट इण्डिज – फागुन ३, बिहान ११ बजे, मुम्बई
नेपाल vs बंगलादेश – फागुन ५, राति ७ बजे, मुम्बई
नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट–एसिया प्यासिफिक छनोटको उपाधि जित्दै विश्वकपमा स्थान बनाएको हो। छनोट चरणमा नेपालले कुवेत, जापान, यूएई, कतार, ओमान र सामोआलाई पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको थियो।
यसपटक भारत र पाकिस्तान समूह ‘ए’ मा परेका छन्। पाकिस्तानले भारत भ्रमण अस्वीकार गरेकाले खेल श्रीलंकाको कोलम्बो स्थित आर. प्रेमदासा रंगशालामा फेब्रुअरी १५ मा हुनेछ।
टी-२० विश्वकपको फाइनल अहमदाबादमा हुनेछ।



Leave a Reply