हङकङको आवासीय भवनमा भीषण आगलागी, ४४ जनाको मृत्यु

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२७९ जना बेपत्ता, ४५ गम्भीर घाइते

११ मंसिर, काठमाडौं । हङकङको ताई पो जिल्लास्थित वाङ फुक कोर्ट नामक आवासीय परिसरमा बुधवार बिहान भीषण आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। अझै २७९ जनाको अवस्थाबारे कुनै विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन्।

स्थानीय समय अनुसार बिहान २:५१ बजे सुरु भएको आगो तीव्र गतिमा फैलिन गई ठूलो क्षति पुगेको हङकङको अग्नि तथा उद्धार विभागले जनाएको छ।

बीबीसीका अनुसार मृत्यु हुनेको संख्या ४४ पुगेको छ भने ४५ जना गम्भीर रूपमा घाइते भई अस्पतालमा उपचाररत छन्।

अग्निशमन सेवा विभागले आगलागीलाई ‘लेभल–फाइभ अलार्म’ घोषणा गरेको थियो, जुन हङकङमा सबैभन्दा उच्च जोखिमको श्रेणी मानिन्छ। यस स्तरको आगो १७ वर्षपछि लागेको बताइएको छ।

उद्धार तथा खोजतलास कार्य जारी छ। अधिकारीहरूले बेपत्ता भएकाहरूको अवस्थाबारे पुष्टि गर्न समय लाग्ने बताएका छन्।

Leave a comment