१३ मंसिर ,जनकपुरधाम – धनुषामा सात वर्षीया बालिकामाथि बलात्कार गरिएको आरोपमा ६७ वर्षीय एक वृद्ध पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका रामभगत साहलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार बालिका एक्लै भएको मौका छोपी साहले बलात्कार गरेको आरोप छ। घटना भएपछि भाग्ने प्रयास गरेका साहलाई स्थानीयले रंगेहात समातेर प्रहरीलाई बुझाएका हुन्।
पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ। आरोपी साहलाई हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया अन्तर्गत थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।



Leave a Reply