कीर्तिपुरमा साथीबीच विवादले लियो ज्यान, चक्कु प्रहारमा युवकको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा साथीबीचको विवादले उग्र रूप लिँदा एक युवकको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बुधबार दिउँसो करिब सवा २ बजेतिर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका गुल्मी धुरकोट घर भएका २४ वर्षीय विपिन घिमिरेको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा साथीबीच भएको विवादकै क्रममा चक्कु प्रहार भएको खुलेको छ। घटनामा संलग्न रहेको आशंकामा कीर्तिपुर क्षेत्रका २२ वर्षीय आशिष महर्जन, २१ वर्षीय रोशन बोहोरा र २३ वर्षीय रविन धामीलाई पक्राउ गरिएको छ।
उनीहरू मृतकका चिनजानकै व्यक्ति भएको र यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भई पक्राउ परेर छुटेको अभिलेख फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Comment