चुनाव लड्ने दलको संख्या १०८ पुग्यो, अझै बढ्न सक्ने अनुमान

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

चुनाव लड्ने दलको संख्या १०८ पुग्यो, अझै बढ्न सक्ने अनुमान

१४ मंसिर, काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि दल दर्ता गर्ने म्याद आज समाप्त हुँदैछ। निर्वाचन आयोगले मंसिर १ गतेदेखि १० गतेसम्म दर्ता अवधि तोकेको थियो। तर दर्ता प्रक्रियामा रहेका दलहरूको आग्रहपछि आयोगले चार दिन थप गर्दै मंसिर १४ गतेसम्म समय उपलब्ध गराएको हो।

आयोगका अनुसार गत शुक्रबारसम्म १०८ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन्। आजसम्म दर्ता हुने दलहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा सहभागी हुन सक्नेछन्।

२०७९ को तुलनामा उल्लेख्य वृद्धि

२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ८४ दल मात्रै सहभागी भएका थिए। यसपटक भने संख्या बढेर १०८ पुगेको छ। अझै केही दल दर्ता प्रक्रियामा रहेकाले यो संख्या अझ बढ्न सक्ने अनुमान आयोगले गरेको छ।

जनजी आन्दोलनपछि २३ नयाँ दल

जनजी आन्दोलनपछि मात्रै २३ नयाँ राजनीतिक दलले आयोगबाट आधिकारिकता पाइसकेका छन्। यस्तै १६ दल दर्ता प्रक्रियामा रहेका छन्।

हालै दर्ता भएका दल

हालै दर्ता भएका दलहरूमा—

माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल

प्रकाश खड्काको नेपाल जनसेवा पार्टी

सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी

दीपककुमार साहको सर्वोदयो पार्टी

सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी

रमनकुमार श्रेष्ठको जनादेश पार्टी नेपाल

गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी

श्रृया केसीको नागरिक सेवा पार्टी

अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी

योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी

प्रशान्त सिंहको पिपुल फर्स्ट
समेत रहेका छन्।

यसअघि दर्ता भइसकेका अन्य दल

यसअघि—

हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टी

राष्ट्रिय जनमुक्ति पार्टी (नेपाल जनमुक्ति पार्टीबाट फुटेको)

दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी

कबिर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल

प्रचण्ड–माधव नेपालको नेपाली कम्युनिस्ट पार्टी

राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी

रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी

नेत्रविक्रम चन्द (विप्लव) को कम्युनिस्ट पार्टी नेपाल

अकबर खानको राष्ट्र निर्माण दल नेपाल

सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी

खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल

रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल
दर्ता भइसकेका छन्।

दर्ता प्रक्रियामा रहेका दल

दर्ता प्रक्रियामा रहेका दलहरूमा—
नेपाल लिभरल पार्टी, नेपाल राष्ट्रिय युवा पार्टी, सुन्दर नेपाल निर्माण पार्टी, नेकपा (वामपन्थी केन्द्र), आवाज पार्टी, नेपाली प्रथम पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, राष्ट्रिय गौरव पार्टी, एकता नेपाल, नवनिर्माण, राष्ट्रिय सनातन पार्टी नेपाल, जनअधिकार पार्टी, न्यू न्यास्नलिस्ट पार्टी र उदार लोकतान्त्रिक पार्टी—समेत छन्।

दल दर्ताको अन्तिम दिन भएकाले दर्ता संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

Leave a comment