ओमविनायक ट्राभल्सद्वारा लग्जरिअस बस सेवा थप, संचालक पौडेल सम्मानित

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 136
पढ्न लाग्ने समय : 2 मिनेट
Oplus_131072

२९ चैत्र,वीरगन्ज : कलैया–काठमाडौं रुटमा रात्रीबस सञ्चालन गरिरहेको ओम बिनायक ट्राभल्सले आजदेखि थप दुईवटा लग्जरिअस सुविधा सम्पन्न बस संचालनमा ल्याएको छ ।

टाटा मोटर्सको अधिकृत बिक्रेता सिपदी ट्रेडिङ प्रालिसँगको ५० बर्षको अवसर पारेर ट्राभल्सले सुविधा सम्पन्न बस संचालनमा ल्याएको हो ।
बसको एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले बैलुन उडाएर उदघाटन गरे ।

ओम बिनायक ट्राभल्सले टाटा मोटर्ससंगको सहकार्य गरिरहेको ५० वर्ष पुरा गरेको उपलक्ष्यमा सिप्रदीले ओम बिनायक ट्राभल्सका तेस्रो पुस्ताका सञ्चालक अच्युत कुमार पौडेललाई सम्मान समेत गरेको छ ।

वीरगन्जमा वडा नम्बर-१४ स्थि टाटा मोटर्सको कार्यालयमा आज आयोजित एक कार्यक्रममा टाटा मोटर्सका सह–महानिर्देशक कृष्ण चन्दले संचालक पौडेललाई खादा ओढाएर मायाको चिन्हो प्रदान गर्दै सम्मान गरे । सम्मान कार्यक्रममा पौडेलका परिवारजनका साथै बसका कर्मचारीहरु पनि सहभागी थिए ।

टाटा मोटर्ससंग विगत ५० वर्षदेखि ओम बिनायक ट्राभल्सले निरन्तर सहकार्य गरेर यातायात सेवा दिदैं आएकाले त्यसैको कदर गर्दै ओम बिनायक ट्राभल्सका सञ्चालक पौडेललाई सम्मानित गरिएको टाटा मोटर्सका सह–महानिर्देशक चन्दले बताए । उनले ओम बिनायक ट्राभल्स सिप्रदी ट्रेडिङ भन्दापनि पुरानो रहेको बताए ।

सम्मान ग्रहणपछि कार्यक्रममा बोल्दै ओम बिनायक ट्राभल्सका सञ्चालक पौडेलले यातायात व्यवसाय सोचेजति सहज नभएपनि यस पेशाप्रति आफ्नो हजुरबुबा, त्यसपछि बुबा र अहिले आएर आँफुले यसलाई निरन्तरता दिइरहेको बताए । लगनशीलता र इमान्दारिताका साथै सेवामूखी भावना राखकै कारण आफ्नो तेस्रो पुस्ता यो पेशालाई निरन्तरता दिन सकिरहेकोपनि उनले बताए ।

पौडेललले याातायात व्यवसायलाई नाफामुखी पेशा मात्रै नठानी सेवामुखी बनाउने सोचका साथ अगाडि बढे सफलता मिल्दै जाने आफ्नो अनुभवपनि साझा गरे । हाल ओम बिनायक ट्राभल्सले वीरगन्ज–कलैया–काठमाडौं र वीरगन्ज–नारायगढ रुटमा दिवा र रात्री सेवा गरेर १५ वटा सुविवधासम्पन्न बसहरु सञ्चालनमा ल्याइरहेको जानकारीपनि गराए ।

मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, ,बाराका सहयाक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक भीम किरण बोगटी, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल,नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसि लामिछाने, केन्द्रिय सदस्य सिकेन्द्र पासवान,मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्सा अध्यक्ष ओम प्रकाश खनाल, बारा अध्यक्ष रमेश सुबेदी लगायतकाकोपनि उपस्थिती थियो ।

Leave a comment