१४ मंसिर, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी समूहको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट नष्ट भएका सामग्री लिलाममा बिक्री गर्ने भएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र इच्छुक व्यक्तिहरूले १ हजार ९५५ रूपैयाँ धरौटीसहित निवेदन दिन आह्वान गरेको छ।
मन्त्रालयको अनुसार आगजनीका कारण जलेका फलाम तथा स्टिल सामग्री, तोडफोड हुन पुगेका मेशिनरी तथा फर्निचर, र नष्ट भएकै अवस्थामा रहेका अन्य उपकरणहरूलाई ‘जसरी छन् त्यही अवस्थामा’ लिलाम गरिनेछ। लिलामको न्यूनतम बोलकबोल मूल्य ३९ हजार ८८ रुपैयाँ तोकिएको छ।
लिलामीका लागि मन्त्रालयले निम्न सामग्री सूची सार्वजनिक गरेको छ–
फलाम : १२१६.५ केजी
कम्प्युटर मनिटर तथा अन्य उपकरण : ११७ केजी
कचरा सामग्री : ८४.४५ केजी

यी सबै सामग्री बोलकबोल प्रक्रियामार्फत सबभन्दा उच्च मूल्य प्रस्ताव गर्ने व्यक्तिलाई बिक्री गरिने मन्त्रालयले जनाएको छ।



Leave a Reply