दिल्ली ओर्लिएलगत्तै प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति पुटिनलाई ‘गीता’ उपहार

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, १९ मंसिर — रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि बिहीबार साँझ दिल्ली पुगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं विमानस्थल पुगेर स्वागत गरेका छन्।

दिल्ली आगमनपछि राष्ट्रपति पुटिनलाई स्वागत गर्दै प्रधानमन्त्री मोदीले रुसी भाषामा अनुवादित भगवद्–गीता को प्रतिलिपि उपहार दिएका हुन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा मोदीले लेखेका छन्, “राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि दिएँ। गीताका उपदेशले विश्वभरका लाखौँ मानिसलाई प्रेरणा दिएको छ।”

औपचारिक स्वागत समारोहपछि दुवै नेता एउटै सवारीमार्फत प्रधानमन्त्रीको आधिकारिक निवास ७, लोक कल्याण मार्गसम्म पुगेका थिए।

युक्रेन युद्ध सुरु भएयता राष्ट्रपति पुटिन पहिलोपटक भारत भ्रमणमा आएका हुन्। यस क्रममा उनी भारतीय प्रधानमन्त्री मोदीसँग २३औं भारत–रुस वार्षिक शिखर वार्तामा सहभागी हुनेछन्।

Leave a Comment