सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सुरु, राजनीतिक उत्सवको माहोल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२७ मंसिर, काठमाडौं ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट भक्तपुरको सल्लाघारीमा औपचारिक रूपमा सुरु भएको छ। बिहानैदेखि देशभरका विभिन्न जिल्लाबाट आएका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

उद्घाटनस्थल सल्लाघारीमा र्‍याली, झाँकी र सांस्कृतिक कार्यक्रमसहित महाधिवेशनको माहोल उत्सवमय बनेको छ। विभिन्न जातजाति, भाषा र संस्कृतिलाई झल्काउने प्रस्तुतीहरू निरन्तर भइरहेका छन्।

एमालेले उद्घाटन सत्रमा करिब तीन लाख सहभागी जुटाउने दाबी गरेको छ। त्यसका लागि मल्लकालीन शैलीमा निर्माण गरिएको भव्य मञ्चमा दुई सयभन्दा बढी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने तयारी छ।

महाधिवेशनलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले केवल राजनीतिक कार्यक्रम मात्र नभई राजनीतिक उत्सवको रूपमा लिएका छन्। उद्घाटन सत्रका लागि शीर्ष नेताहरू क्रमशः कार्यक्रमस्थलमा पुग्ने क्रम जारी छ।

महाधिवेशनले पार्टीको भावी नेतृत्व, नीति तथा कार्यक्रम तय गर्ने अपेक्षा गरिएको छ।

Leave a Comment