इजरायली आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राएद साद मारिए

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२८ मंसिर ,काठमाडौं — इजरायली सेनाले गाजा सिटीमा गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राएद साद मारिएका छन्। इजरायली पक्षले सादलाई सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका प्रमुख योजनाकारमध्ये एक भएको दाबी गरेको छ।

इजरायली सेनाका अनुसार राएद साद हमासको सैन्य संरचना पुनःसंगठित र सुदृढ गर्न सक्रिय थिए। सोही कारण उनलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ।

तर हमासले भने राएद सादको मृत्युबारे औपचारिक पुष्टि गरेको छैन। बीबीसीका अनुसार हमासले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको उल्लेख छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।

हमासले इजरायलले सार्वजनिक सवारी साधनलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाउँदै अक्टोबरमा लागू भएको युद्धविरामको उल्लंघन भएको बताएको छ। गाजाका स्थानीय अधिकारीहरूका अनुसार युद्धविराम सुरु भएयता पनि इजरायली आक्रमणहरू निरन्तर जारी रहेका छन्, जसले मानवीय अवस्था झनै जटिल बनाएको छ।

Leave a Comment