एमाले मतगणना सुरु, तीन घण्टाभित्र नतिजा सार्वजनिक हुने अपेक्षा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, पुस ३ — नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनपछि मतगणना प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मतदान सकिएलगत्तै केन्द्रीय निर्वाचन आयोगले मतगणनाको काम अघि बढाएको हो।

निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार मतगणनामा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न दुवै पक्षका उम्मेदवारको तर्फबाट समान संख्यामा प्रतिनिधि राखिएको छ। प्रत्येक पक्षबाट पाँच–पाँच जना प्रतिनिधि सहभागी गराइएको उनले जानकारी दिए।

उनका अनुसार ती प्रतिनिधिहरूमध्ये राजनीतिक पृष्ठभूमिका व्यक्तिसँगै प्राविधिक जनशक्ति पनि समेटिएका छन्। मतगणनाको प्रक्रियामा मेसिनसम्बन्धी विज्ञ, निर्वाचन आयोगका सदस्य तथा सहायक कर्मचारीसमेत खटिएका छन्।

प्राविधिक टोलीले दिएको प्रारम्भिक विवरणअनुसार सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्न करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ। विभिन्न १० वटा बुथबाट संकलित मतलाई प्रणालीमार्फत गणना गरिँदैछ।

एमालेको नेतृत्व चयनका लागि भएको यो निर्वाचनको नतिजाप्रति पार्टीभित्र र बाहिर चासो उच्च रहेको छ। अब केही घण्टाभित्रै नयाँ नेतृत्वको तस्वीर स्पष्ट हुने अपेक्षा गरिएको छ।

Leave a Comment