होर्मुज जलडमरूमार्गमा इरानको नयाँ नीति: विदेशी जहाजबाट शुल्क, अमेरिकी–इजरायली जहाजलाई रोक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १७ चैत — मध्यपूर्वको सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिने मा इरानले नयाँ नियम लागू गर्ने तयारी गरेको छ। अब यस मार्ग हुँदै आवतजावत गर्ने विदेशी जहाज तथा तेल ट्यांकरबाट पारगमन शुल्क (टोल) उठाइने निर्णय गरिएको छ।

इरानी संसदको सुरक्षा समितिले उक्त प्रस्ताव पारित गरेको हो। सरकारी सञ्चार माध्यम का अनुसार, नयाँ व्यवस्थाअनुसार सबै अन्तर्राष्ट्रिय जहाजहरूले शुल्क तिर्नुपर्नेछ भने अमेरिकी र इजरायली जहाजहरूलाई भने पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ।

इरानले यो कदमलाई आफ्नो क्षेत्रीय सुरक्षा मजबुत बनाउने, निगरानी खर्च व्यवस्थापन गर्ने र अतिरिक्त राजस्व जुटाउने रणनीतिका रूपमा प्रस्तुत गरेको छ। अधिकारीहरूका अनुसार, होर्मुज क्षेत्रमा सुरक्षाको जिम्मेवारी आफूले निर्वाह गरिरहेकोले शुल्क उठाउनु जायज हुने तर्क गरिएको छ।

तर, यो निर्णय अन्तर्राष्ट्रिय समुद्री कानुनसँग बाझिन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। हाल उक्त जलमार्गलाई अन्तर्राष्ट्रिय मार्गका रूपमा मानिन्छ, जहाँ सबै देशका जहाजलाई स्वतन्त्र रूपमा आवतजावत गर्ने अधिकार छ।

विशेषज्ञहरूले भने यो कदमले विशेषगरी लगायत खाडी क्षेत्रका मुलुकसँग तनाव बढाउने सम्भावना रहेको बताएका छन्। साथै, विश्व बजारमा तेल आपूर्ति प्रभावित भई मूल्यमा उतारचढाव आउन सक्ने अनुमान गरिएको छ।

क्षेत्रीय प्रभाव बढ्ने संकेत

विश्लेषकहरूका अनुसार, यो निर्णयले मध्यपूर्वमा शक्ति सन्तुलन र समुद्री नियन्त्रणसम्बन्धी प्रतिस्पर्धा अझ तीव्र बनाउन सक्छ। इरानले भने यसलाई आफ्नो प्रभाव क्षेत्रलाई औपचारिक रूप दिने कदमका रूपमा अघि सारेको देखिन्छ।

स्थानीय रिपोर्टहरूमा उल्लेख भएअनुसार, सांसदहरूले अन्य अन्तर्राष्ट्रिय जलमार्गमा जस्तै यहाँ पनि शुल्क लिनु सामान्य अभ्यास भएको तर्क गरेका छन्।

Leave a Comment